आज शुक्रबार, १८ वैशाख २०८३ ( ०१ मे २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। खर्च बढे पनि आम्दानीभन्दा बढी हुने छैन। लामो यात्रा सुखद र सफल रहनेछ। धर्मकर्म तथा समाजसेवामा मन जानेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। छलकपट नगर्ने।
वृष: परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ। साझेदारीको काममा उल्झन आउनेछ। यात्रा गर्दा सावधानी अपनाउनु होला, सामान हराउने वा चोरी हुने सम्भावना छ।
भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ६६ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।
मिथुन: परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। दाम्पत्य जीवन सुखमय रहनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। सहयोगीले राम्रो साथ दिनेछन्। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुनेछ।
भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।
कर्कट: वाणीमा कुशलता आउने दिन छ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। प्रेम जीवन सुखद र समृद्ध बन्ने देखिन्छ।
भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
सिंह: परोपकारका क्षेत्रमा लगानीको समय छ। मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ। शुभकार्यको चर्चा चल्नेछ। काम गर्ने जोस, जाँगर र उमङ्ग बढ्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।
भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
कन्या: इज्जतमा दाग लाग्न सक्छ, ख्याल गर्नुहोला। केही कुराले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुन सक्छ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनु पर्छ। चिसोबाट बच्नुहोला। नयाँ कार्यको योजना बन्नेछ।
भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।
तुला: धार्मिक एवं सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुन सक्छ। विवेकको प्रयोग गर्न सके दिनलाई सकारात्मक बनाउन सकिनेछ। नयाँ ठाउँमा घुमफिर र मन्दिर दर्शनको योजना बन्नेछ। खानपिन कार्यमा सरिक भइनेछ।
भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। पहेँलो रङको प्रयोग नगर्ने।
वृश्चिक: हाँसखेल र मनोरञ्जनपूर्ण समय छ। धर्म तथा समाजसेवामा मन लाग्नेछ। मन पर्ने वस्त्र, अलंकार उपहार पाइनेछ। स्वादिष्ट भोजनको आनन्द पाइएला।
भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। तामसिक भोजन नगर्ने।
धनु: काम देखाएर अरूको मन जित्न सकिनेछ। रोकिएको धन हात पर्ला। न्यायिक तथा राजनीतिक कार्यमा सफलता मिल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। सामान्य स्वास्थ्य समस्याले सताउन सक्छ।
भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।
मकर: सहयोग गर्नेभन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन्। परिवारमा झैझमेलाको अवस्था आउन सक्छ। पढाइलेखाइमा ध्यान दिन नसकिएला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, वैदेशिक कार्यमा ७१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।
कुम्भ: रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय छ। अधुरो काम बन्नाले मन प्रसन्न हुनेछ। घरपरिवारमा रमाइलो वातावरण छाउनेछ। मिहिनेतको कदर हुनेछ। विश्वासपात्रलाई वचन दिँदा संयमता अपनाउनु होला।
भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।
मीन: गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। दाम्पत्य जीवन सुखद र समृद्ध बन्ने देखिन्छ। प्रतिस्पर्धामा सफल भइनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। व्यवसायका लागि यात्राको सम्भावना छ।
भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
अर्थ चाैतारी ।