आज मंगलबार, १५ वैशाख २०८३ (२८ अप्रिल २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: दुष्ट व्यक्तिको सङ्गतले अप्ठेरोमा परिएला। चोटपटकको भय छ। आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ। मन्त्र- म आफूमा विश्वास गर्छु।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ४५, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ३६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।
वृष: समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। बुद्धि र विवेकको प्रयोग गर्न सके दिनलाई सकारात्मक बनाउने समय छ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। मन्त्र- सपना देख्ने आँखा कमजोर हुँदैनन्।
भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
मिथुन: विवेकको प्रयोग गर्न सके दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ। शैक्षिक क्षेत्रबाट सफलता मिल्ला। प्राविधिक र वैदेशिक काम रोकिन सक्छन्। मन्त्र- दुवै पक्षको कुरा सुन्न अनि मात्र बोल।
भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ४२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
कर्कट: स्वादिष्ट भोजनको अवसर प्राप्त हुने योग छ। शुभकार्यमा सरिक भइनेछ। टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। विज्ञानको ज्ञानमा वृद्धि हुनेछ। मन्त्र- फोकस बलियो, रिजल्ट नजिक।
भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। भरिसक्के लामो यात्रा नगर्ने।
सिंह: काम बिगार्नेहरू सक्रिय रहन सक्छन् र नियमित खर्च बढ्नेछ। अनावश्यक ठाउँमा धन खर्च होला। आलस्य तथा थकानको अनुभूति हुनेछ। बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु उचित हुन्छ। वैदेशिक कार्य अघि बढ्नेछ।
भाग्यशाली रङ हरियो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।यसै गरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। छलकपट नगर्ने।
कन्या: नयाँ जिम्मेवारी पाइएला। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्य मापदण्डको ख्याल गर्नु पर्नेछ।
भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ७१, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।
तुला: एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। पुरानो समस्या सुल्झाउन सकिनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। प्रेमीले तपाईँको विचारलाई समर्थन गर्नेछन्।
भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ५९, वैदेशिक कार्यमा ५४ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। छलकपट नगर्ने।
वृश्चिक: धार्मिक यात्राको योग छ। दौडधुप गर्नुपरे पनि लाभ नै हुनेछ। नजिकका व्यक्तिबाट आँटेको काम सफल हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। मन्त्र- नयाँ सोचले नयाँ ढोका खोल्छ।
भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५०, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ६७ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दानपुण्यको काम गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
धनु: अनावश्यक यात्रा हुने र कार्य सम्पादनमा समस्या आउला। आफूले ठिक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि नमिल्ला। काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन्। मन्त्र- निरन्तरता नै मेरो शक्ति हो।
भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४३, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। तामसिक भोजन नगर्ने।
मकर: लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। कुनै कुराले आत्मिक सन्तुष्टि मिल्नेछ। स्वास्थ्यप्रति सजग रहनु होला। अधुरो कार्यले पूर्णता पाउनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।
भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। निलो रङको प्रयोग नगर्ने।
कुम्भ: बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। शुभकार्यको चर्चा चल्नेछ। ताकेको नयाँ कार्यको योजना बन्नेछ। परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ। स्वास्थ्यप्रति बढी सजग रहनु पर्नेछ।
भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
मीन: नयाँ कार्यको योजना बन्नेछ र शुभ कार्यको चर्चा हुनेछ। मान सम्मान बढ्नुका साथै शरीर स्वस्थ रहनेछ। महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अवसर मिल्नेछ। अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ।
भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। उत्तर दिशा नजाने।
अर्थ चाैतारी ।