logo

२०८३ बैशाख १६, बुधबार

logo
  • २०८३ बैशाख १६, बुधबार
  • मालपोत अधिकृत र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    मालपोत अधिकृत र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    351
    SHARES
    मालपोत अधिकृत र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाण्डौ । मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।



    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य, सियारी गाउँपालिका-२ का तत्कालीन वडा अध्यक्ष राम किशन थारूसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा गलत प्रतिवेदन तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र विशेष अदालतमा दायर गरेको हो ।

    सियारी गाउँपालिका-२ का निधन भइसकेका बेलर कहरको नाममा कायम रहेको जग्गा कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी कायम गरेको भन्ने उजुरीपछि अनुसन्धान गर्दा ७ जनाको संलग्नता रहेको अख्तियारको ठहर छ ।

    अख्तियारले तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य र मालपोत अधिकृत भूमिश्वर ढकाल, तत्कालीन नायव सुब्बा राजु शर्मा र खरिदार अजित कुमार साहनी, सियारी गाउँपालिका वडा नं. २ का तत्कालीन वडा अध्यक्ष राम किशन थारू, सियारी गाउँपालिका वडा नं. २ का तत्कालीन वडा सदस्य वृजनारायण यादव प्रतिवादी बुद्धिराम कहारविरुद्ध मुद्दा दायर गरेको हो ।


    अर्थ चाैतारी
  • बुधबार, १६ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट