logo

२०८३ बैशाख १६, बुधबार

logo
  • २०८३ बैशाख १६, बुधबार
  • बैंकविरुद्ध ऋणीहरूलाई भड्काएको आरोपमा दुर्गा प्रसाईंका अभियान्ता पक्राउ

    बैंकविरुद्ध ऋणीहरूलाई भड्काएको आरोपमा दुर्गा प्रसाईंका अभियान्ता पक्राउ

    182
    SHARES
    बैंकविरुद्ध ऋणीहरूलाई भड्काएको आरोपमा दुर्गा प्रसाईंका अभियान्ता पक्राउ

    काठमाण्डौ। बैंक तथा बित्तीय संस्थाहरूविरुद्ध भड्काउ अभिव्यक्ति दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा जिल्लाको अर्जुनधारा नगरपालिका–११ स्थाई वतन भई हाल भक्तपुरको मध्यपुर ठिमी–६ बस्ने ४५ वर्षीय देवी प्रसाद संग्रौला रहेका छन्।



    काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई ‘सार्वजनिक शान्ति विरुद्धको कसुर’ गरेको आरोपमा पक्राउ गरेको हो।

    प्रहरीका अनुसार संग्रौलाले विभिन्न बित्तीय संस्थाबाट ऋण लिएका मानिसहरुलाई भेला जम्मा गरी बैंक तथा बित्तीय संस्थाले रकम माग गरेमा, बित्तीय संस्थाबाट कुनै पनि कर्मचारीहरू घरमा आएमा लखेट्नु, भौतिक आक्रमण गर्नु, कालोमोसो दल्नु भन्ने व्यहोराको भड्किलो अभिव्यक्ति दिएका थिए।

    उनलाई यही वैशाख १५ गते एयरपोर्ट गेटबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाईएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

    संग्रौला राजावादी अभियान्ता दुर्गा प्रसाईंका सहयोगी हुन्।


    अर्थ चाैतारी
  • बुधबार, १६ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट