logo

२०८३ बैशाख १६, बुधबार

logo
  • २०८३ बैशाख १६, बुधबार
  • याम्बालिङ हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै आवेदनको ओइरो

    याम्बालिङ हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै आवेदनको ओइरो

    26
    SHARES
    याम्बालिङ हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै आवेदनको ओइरो

    काठमाण्डौ । याम्बालिङ हाइड्रोपावरले आजबाट सर्वसाधारणका लागि बिक्री खुला गरेको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ । कम्पनीको आइपीओमा पहिलो दिनमै ३ लाख ४७ हजार बढीले आवेदन दिएका छन् ।



    सीडीएसीको आज ५ः०६ मिनेटको तथ्याङक अनुसार आइपीओमा ३९ करोड १८ लाख ९६ हजार रुपैयाँ बराबरको ३ लाख ४७ हजार २०७ जनाले ३९ लाख १८ हजार ९६० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागगरेभन्दा १.८६ गुणा बढी हो ।

    कम्पनीले आज वैशाख १६ गतेबाट सर्वसाधारणका लागि १७ करोड ४३ लाख रुपैयाँबराबरको आइपीओ निष्कासन गरेको हो । जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल १७ लाख ४३ हजार कित्ता शेयर जारी गरेको छ ।

    सर्वसाधारणले यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट दिन सकिनेछ।

    यो आइपीओमा निष्कासन बन्द छिटोमा वैशाख २२ गते र ढिलोमा वैशाख ३० गते बैंकिङ समयपछि हुनेछ। याम्बालिङ हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।


    अर्थ चाैतारी
  • बुधबार, १६ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट