logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • प्राइम कमर्सियल बैंकले असार १६ देखि ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने

    प्राइम कमर्सियल बैंकले असार १६ देखि ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने

    689
    SHARES
    प्राइम कमर्सियल बैंकले असार १६ देखि ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने

    काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले आगामी असार १६ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।



    बैंकले वार्षिक ६.२५ प्रतिशत ब्याजदर भएको १० वर्ष अवधिको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ जारी गर्न लागेको हो। प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता ऋणपत्र निष्काशन गरिने बैंकले जनाएको छ।

    कुल निष्काशनमध्ये १८ लाख कित्ता (६० प्रतिशत) अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। बाँकी १२ लाख कित्ता (४० प्रतिशत) अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणतर्फको निष्काशनमध्ये ६० हजार कित्ता अर्थात् ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

    लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। छिटोमा असार १९ गते र पूर्ण आवेदन नपरे ढिलोमा असार ३० गते निष्काशन बन्द हुनेछ।

    ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय तथा ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।


    अर्थ चाैतारी
  • सोमबार, ८ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट