logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • सरकारको सक्रिय खाता ८ खर्बले बचतमा, भुक्तानी सन्तुलनमा झन् धेरै बचत

    सरकारको सक्रिय खाता ८ खर्बले बचतमा, भुक्तानी सन्तुलनमा झन् धेरै बचत

    247
    SHARES
    सरकारको सक्रिय खाता ८ खर्बले बचतमा, भुक्तानी सन्तुलनमा झन् धेरै बचत

    काठमाण्डौ । जेठसम्म सरकारको चालू खाता ८ खर्ब २ अर्ब ६ करोडले बचतमा रहेको देखिएको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३ खर्ब २१ अर्ब ७४ करोडले बचतमा रहेको थियो।



    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ३७ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा ५ अर्ब ५३ करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १७ अर्ब ३ करोड रहेको छ। अघिल्लो वर्षकोसोही अवधिमा यस्तो ट्रान्सफर ८ अर्ब ९६ करोड रहेको थियो।

    यसैगरी, समीक्षा अवधिमा रु.२२ अर्ब ८२ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ११ अर्ब ७ करोड रहेको थियो।

    समीक्षा अवधिमा शोधनान्तर स्थिति ९ खर्ब २६ अर्ब ६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोडले बचतमा रहेको थियो।

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ६२ करोडले बचतमा रहेकोशोधनान्तर स्थिति समीक्षा अवधिमा ६ अर्ब ३९ करोडले बचतमा रहेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, ३० असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट