logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • मध्यरातमा मुग्लिन–नारायणगढ सडकखण्डमा बिजोगः अलपत्र एम्बुलेन्स र गाडी खुलाइँदै

    मध्यरातमा मुग्लिन–नारायणगढ सडकखण्डमा बिजोगः अलपत्र एम्बुलेन्स र गाडी खुलाइँदै

    273
    SHARES
    मध्यरातमा मुग्लिन–नारायणगढ सडकखण्डमा बिजोगः अलपत्र एम्बुलेन्स र गाडी खुलाइँदै

    काठमाण्डौ । लगातारको वर्षाका कारण आएको पहिरो र लेदोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा मध्यरातमा यात्रु र सवारीसाधनको बिजोग भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार राति १०ः३० देखि पहिरोका कारण बिच बाटोमै अलपत्र परेका एम्बुलेन्स लगायतका अत्यावश्यक सवारीसाधनहरूलाई पहिरो पन्छाउँदै गन्तव्यतर्फ पठाउने कार्य भइरहेको छ ।



    कार्यालयका अनुसार पहिरोको जोखिम कायमै रहेकाले अर्को सूचना जारी नभएसम्मका लागि कुनै पनि थप नयाँ सवारीसाधनहरूलाई यस सडकखण्डमा आवागमन गर्न पूर्ण रूपमा रोक लगाएको छ ।

    यसअघि नै जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै काठमाण्डौ उपत्यकाबाट बाहिर यात्रा नगर्न अनुरोध गरेको थियो ।

    यसैगरी, रुपन्देही, नवलपरासीलगायतका पश्चिम क्षेत्रबाट काठमाण्डौतर्फ आउँदै गरेका यात्रु तथा सवारीसाधनहरूलाई चितवनभन्दा अगाडि नबढ्न प्रशासनले आग्रह गरेको छ ।

    सडक अवरुद्ध भएर लामो समयसम्म अलपत्र पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रशासनले यात्रुहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ३० असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट