logo

२०८३ बैशाख १६, बुधबार

logo
  • २०८३ बैशाख १६, बुधबार
  • २५ प्रतिशत धितो रकम नलिई खरिद आदेश प्रविष्टि नगर्न नेप्सेको निर्देशन

    २५ प्रतिशत धितो रकम नलिई खरिद आदेश प्रविष्टि नगर्न नेप्सेको निर्देशन

    156
    SHARES
    २५ प्रतिशत धितो रकम नलिई खरिद आदेश प्रविष्टि नगर्न नेप्सेको निर्देशन

    काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र बजारमा खरिद आदेश प्रविष्ट गर्दा कानुनी व्यवस्था अनुसारको प्रक्रिया अपनाउन धितोपत्र ब्रोकरहरूलाई निर्देशन दिएको छ। नेप्सेले बुधबार सबै कारोबार सदस्यलाई पत्राचार गर्दै धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को व्यवस्था विपरित गतिविधि देखिएको र त्यसलाई आगामी दिनमा सुधार गर्न भनेको छ।



    केही धितोपत्र ब्रोकर कम्पनीहरूले लगानीकर्ताको वास्तविक कोल्याटरल सीमाभन्दा बढी खरिद आदेश प्रविष्ट गर्न दिने, अस्थायी खरिद आदेश राखी बजारमा कृत्रिम रूपमा माग उच्च देखाउने लगायतको काम गरेको नेप्सेले बताएको छ।

    खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा लाग्ने अनुमानित रकमको कम्तीमा २५ प्रतिशत अग्रिम रूपमा ग्राहकबाट लिनुपर्ने व्यवस्था अनिवार्य रुपमा कार्यान्वयन गर्न नेप्सेले भनेको छ।

    लगानीकर्ताको कोल्याटरल सीमा भन्दा बढी रकमका खरिद तथा बिक्री आदेश रद्द गर्ने उद्देश्यले मात्रै प्रविष्ट गर्ने सुविधा नदिन पनि नेप्सेले सचेत गराएको छ। निर्देशनको उल्लंघन गर्ने कारोबार सदस्य तथा सम्बन्धित पक्षलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने स्पष्ट पारिएको छ।


    अर्थ चाैतारी
  • बुधबार, १६ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट