logo

२०८३ बैशाख १६, बुधबार

logo
  • २०८३ बैशाख १६, बुधबार
  • किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

    किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

    494
    SHARES
    किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

    काठमाण्डौ । ललितपुरको ग्वार्को स्थित किष्ट टिचिङ हस्पिटलले कलेजो प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता हासिल गर्दै १५औँ कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ।



    अस्पतालको ग्यास्ट्रो विभागको नेतृत्वमा हासिल भएको यस उपलब्धिसँगै किष्ट हस्पिटल नेपालमै अंग प्रत्यारोपण सेवामा उच्चतम सफलता दर कायम गर्ने अग्रणी स्वास्थ्य संस्था बन्न सफल भएको छ। पछिल्लो पटक गरिएको प्रत्यारोपणमा एक छोरीले आफ्ना बुबालाई कलेजो दान गरेकी हुन्। यो शल्यक्रिया चिकित्सा क्षेत्रको प्राविधिक सफलता मात्र नभएर छोरीले बुबालाई दिएको जीवनदान र पारिवारिक समर्पणको एउटा भावनात्मक नमुना समेत बनेको छ।

    सन् २००६ देखि निरन्तर बहुविशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको यस अस्पतालले पछिल्लो समय अंग प्रत्यारोपण क्षेत्रमा आफूलाई केन्द्रित गरेको छ। कलेजो प्रत्यारोपणमा मात्र नभई मिर्गौला प्रत्यारोपणमा पनि अस्पतालले उल्लेख्य प्रगति गरेको छ।

    हालसम्म अस्पतालले १९८ वटा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिसकेको छ। किष्ट ग्यास्ट्रो सेन्टरको अत्याधुनिक उपकरण, अनुभवी सर्जनहरू र समर्पित मेडिकल टिमको सक्रियताले नै जटिल शल्यक्रियाहरूमा उत्कृष्ट नतिजा सम्भव भएको अस्पताल प्रशासनको दाबी छ।

    अस्पतालले निरन्तर प्रविधिको स्तरोन्नति र विशेषज्ञहरूको सामूहिक प्रयास (टिम वर्क) का कारण नेपालमै स्वास्थ्य सेवाको नयाँ मानक स्थापित गर्दै गएको जनाएको छ। यो उपलब्धिले जटिल उपचारका लागि विदेश जानुपर्ने बाध्यतालाई कम गर्दै बिरामीहरूमा नयाँ आशा जगाएको छ।

    अस्पताल प्रशासनका अनुसार सम्पूर्ण मेडिकल टिमको कार्यदक्षता र बिरामी तथा दाताहरूले देखाएको विश्वासकै कारण आज किष्ट हस्पिटल अंग प्रत्यारोपण सेवामा एक सफल र भरपर्दो संस्थाको रूपमा स्थापित हुन सफल भएको हो।


    अर्थ चाैतारी
  • बुधबार, १६ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट