logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • बैंकिङ क्षेत्रलाई सुरक्षित बनाउनु पर्छ : सचिव उपाध्याय

    बैंकिङ क्षेत्रलाई सुरक्षित बनाउनु पर्छ : सचिव उपाध्याय

    1.2K
    SHARES
    बैंकिङ क्षेत्रलाई सुरक्षित बनाउनु पर्छ : सचिव उपाध्याय

    काठमाण्डौ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका सचिव तथा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद उपाध्यायले देशमा देखिएको निराशा चिर्ने र व्यापारलाई प्राथमिकता दिनेगरी दलहरुले घोषणापत्र ल्याउनुपर्ने बताएका छन् ।



    नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रमा सुझाव दिँदै उपाध्यायले चीन र भारतको जनसंख्याले खपत गर्ने सेवा र वस्तु उत्पादन गरी निर्यात गर्ने योजनासहित घोषणापत्र तयार गर्नुपर्ने बताएका हुन् ।

    ‘पाँच करोड ८० लाख निक्षेप खाता छन् । यसमा दोहोरिएका पनि हुन सक्छन्, यी निक्षेपकर्ताको निक्षेपलाई असर पुग्ने गतिविधि हुन हुँदैन, बैंकिङ क्षेत्रलाई सुरक्षित बनाउनुपर्ने सबैको प्राथमिकता हुनुपर्छ,’ उपाध्यायले भने, ‘भारत र चीनमा आफ्ना वस्तु बेच्ने योजना पार्टीका घोषणा पत्रमा समेट्नुपर्छ ।’


    अर्थ चाैतारी
  • आइतबार, १८ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट