logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • एशियन लाईफको एमडीआरटी अचिभर्स अवार्ड भव्यताका साथ सम्पन्न

    एशियन लाईफको एमडीआरटी अचिभर्स अवार्ड भव्यताका साथ सम्पन्न

    949
    SHARES
    एशियन लाईफको एमडीआरटी अचिभर्स अवार्ड भव्यताका साथ सम्पन्न

    काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्सले एमडीआरटी अचिभर्स अवार्ड २०२६ भव्यताका साथ सम्पन्न गरेको छ। कम्पनीले होटल सोल्टीमा तीन दिनसम्म आयोजना गरेको अभिकर्ता सम्मेलन तथा सम्मान् कार्यक्रममा देशभरका करिब ३५० भन्दा बढी अभिकर्ताहरुको सहभागिता रहेको बताइएको छ।



    कार्यक्रममा क्लब मेम्बर (प्रत्यक्ष बीमा) गर्ने अभिकर्ता र एजेन्सी नेटवर्क अर्थात् आफू मातहतका अभिकर्ता सञ्जालमार्फत् व्यापार गरिरहेका उत्कृष्ट एजेन्सी म्यानेजरको साथै सन् २०२६ का लागि एमडीआरटी योग्य भएका अभिकताहरुलाई सम्मान् गरिएको थियो।

    कम्पनीले एमडीआरटी(मिलियन डलर राउण्ड टेबल) योग्य भएका अभिकर्ताहरुलाई तर्फबाट १-१ थान ल्यापटप, रु ५० हजारको चेक र ब्लेजर कोट प्रदान गरेको थियो।

    समारोहका अवसरमा कम्पनीले देशभरबाट उत्कृष्ट तीन जना क्लब मेम्बर र तीनजना एजेन्सी म्यानेजरलाई समेत सम्मान गरेको छ। यसबाहेक एक करोड रुपैयाँभन्दा माथिको व्यवसाय योगदान गरेकामध्ये सर्वाधिक व्यवसाय गरेका तीनजना एजेन्सी म्यानेजर सुपर बिजनेश म्यानेजर उपाधीबाट सम्मान गरेको छ।

    कार्यक्रमको पहिलो शत्रमा कम्पनीका बजार विभाग प्रमुख होम बहादुर श्रेष्ठले अभिकर्तालाई उत्कृष्ट बिक्रेता तथा सफल बीमा अभिकर्ताका रूपमा स्थापित हुन अभिकर्ताले ध्यान दिनुपर्ने पक्षबारे प्रशिक्षण दिएका थिए। यसबाहेक बजार विभाग उप प्रमुख विजय पराजुलीले अभिकर्ताले कम्पनीको लगानी विविधता, विभिन्न तहका क्लब मेम्बर र एजेन्सी म्यानेजरको सेवा सुविधा र प्रोत्साहन व्यवस्थाबारे जानकारी दिएका थिए।

    कम्पनीले सम्मान् समारोहसँगै अभिकर्ताहरुको मनोरञ्जनका लागि सांस्कृतिक नृत्य, हाँस्यव्यङ्य र लोकप्रिय गायक काली प्रसाद बासकोटाको ब्याण्ड सहितको प्रस्तुती समेत गरेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १८ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट