logo

२०८२ माघ १९, सोमबार

logo
  • २०८२ माघ १९, सोमबार
  • बढ्यो काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम

    बढ्यो काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम

    455
    SHARES
    बढ्यो काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम

    काठमाण्डौ । सुरुवाती मापनमा आज (सोमबार) काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम बढेको छ।



    मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाण्डौको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियसमा उक्लिएको हो।

    हिजो (आइतबार) यो बेला काठमाण्डौको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो। पछि बिहान ८:४५ बजे गरिएको आधिकारिक मापनमा अझ घटेर आइतबार काठमाण्डौको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस कायम भएको थियो।

    आजको पनि आधिकारिक न्यूनतम तापक्रम अहिले त्यही समयमा पुनः मापन गरिन्छ। त्यतिबेला काठमाण्डौको न्यूनतम तापक्रम बिहान ५:४५ बजे देखिएभन्दा केही घट्ने सम्भावना हुन्छ।

    मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्दा बिहान न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा रहँदा घट्छ। यसको ठिक उल्टो दिउँसोचाहिँ बादल हुँदा घाम नदेखिने भएकाले अधिकतम तापक्रम घट्छ भने आकाश सफा हुँदा घाम लाग्ने भएकाले बढ्छ।

    मौसम महाशाखाले हरेक दिन काठमाण्डौसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

    न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।


    अर्थ चाैतारी
  • सोमबार, १९ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट