logo

२०८२ माघ १९, सोमबार

logo
  • २०८२ माघ १९, सोमबार
  • तीन फर्मलाई ३० हजार जरिवाना

    तीन फर्मलाई ३० हजार जरिवाना

    325
    SHARES
    तीन फर्मलाई ३० हजार जरिवाना

    काठमाण्डौ । नियमित बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई जरिवाना गरेको छ ।



    अनुगमनको क्रममा कैफियत देखिएपछि विभागले पोखरेल ट्रेडर्सलाई रु १५ हजार, सुलभ किराना एण्ड खाद्य सप्लायर्सलाई रु १० हजार र शितल खाद्यान्न स्टोर ललितपुरलाई रु पाँच हजार जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को ‘फा’ १५ बमोजिम कार्य नगरेकाले ती फर्मलाई कारबाही स्वरूप जरिवाना गराइएको विभागले जनाएको छ ।

    त्यसैगरी चिया कटेरो प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । विभागले अन्य १० वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।

    स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मीसमेतको उपस्थितिमा विभागले बजारलाई व्यवस्थित बनाउन र कानुन कार्यान्वयन गराउन नियमित बजार अनुगमन गर्दै आएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १९ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट