logo

२०८२ माघ १९, सोमबार

logo
  • २०८२ माघ १९, सोमबार
  • सम्बन्धमा दूरीको कारण बन्दै छ ह्वाट्सएपको ‘लक च्याट्स’ फिचर

    सम्बन्धमा दूरीको कारण बन्दै छ ह्वाट्सएपको ‘लक च्याट्स’ फिचर

    390
    SHARES
    सम्बन्धमा दूरीको कारण बन्दै छ ह्वाट्सएपको ‘लक च्याट्स’ फिचर

    काठमाण्डौ । डिजिटल युगमा प्रविधिले हामीलाई टाढा रहेका हाम्रा प्रियजनहरूसँग समेत नजिक ल्याएको छ । तर केही प्रविधिका फिचरहरूले अनजानमा सम्बन्धमा दरार सिर्जना गरिरहेका छन् ।



    गोपनीयता बढाउन ह्वाट्सएपले २०२३ मा ‘लक च्याट्स’ नाम गरेको फिचर ल्याएको थियो । तर गोपनीयताको सुरक्षा गर्न डिजाइन गरिएको यो टुल धेरै घरमा अविश्वास र तनावको स्रोत बनेको छ । गोपनीयताको लागि डिजाइन गरिएको सानो फिचर सम्बन्धमा दूरीको स्रोत बन्दै गएको छ ।

    कहिलेकाहीँ आफ्नो फोन अरूलाई चलाउन दिने व्यक्तिका लागि भनेर ह्वाट्सएपले यो फिचर ल्याएको थियो । यसो गर्दा प्रयोगकर्ताका केही कुराकानी गोप्य नै होस् भनेर यो फिचर ल्याइएको थियो । यसमा कुनै पनि च्याटलाई लक गर्न मिल्छ । यी च्याटलाई फोनको पासवर्ड वा फिंगरप्रिन्ट प्रयोग गरेर मात्र खोल्न सकिन्छ ।

    आजकल हाम्रो फोनहरू हामीसँग मात्रै हुन्न । घरमा साना केटाकेटी वा कहिलेकाहीँ परिवारका अन्य सदस्य वा कार्यालयका सहकर्मीहरूको हातमा समेत पुग्छ । त्यसैले पनि गोपनीयता कायम राख्नु अझ महत्त्वपूर्ण भएको छ । यस सन्दर्भमा यो सुविधा धेरै लाभदायक साबित भइरहेको छ ।

    यो फिचर सुरक्षाको लागि सिर्जना गरिएको हो, तर यसले प्रायः सम्बन्धहरूमा शङ्का उत्पन्न गरिरहेको छ । यसको पछाडि एउटा साधारण मनोवैज्ञानिक कारण छ ।

    च्याटहरू लक गर्दा जो पायो त्यहीले तपाईंको च्याट हेर्न सक्दैन । तर कसैको च्याट लक गरिएको कुरा तपाईंको पार्टनरले थाहा पाउँदा उसले कस्तो प्रतिक्रिया जनाउँला ? लक भएको च्याटबारे उनको मनमा के कस्ता शङ्का उपशंका आउँला ? यो कसैले पनि भन्न सक्दैन ।

    यसरी लक भएका च्याटले पार्टनरमा असुरक्षाको भावना विकास हुन्छ । पारदर्शिताको कमीले पार्टनरमा असुरक्षा निम्त्याउँछ । धेरै अवस्थामा त सुरक्षाको लागि डिजाइन गरिएको यो सुविधाको दुरुपयोग पनि भएको छ । धेरै मानिसहरूले च्याट लक सुविधालाई धोखा र अन्य उत्पीडनको लागि पनि प्रयोग गरिरहेका छन् । यसले अविश्वासको भावनालाई बढाइरहेको छ ।

     

    अविश्वास र बढ्दो दूरी
    सम्बन्धमा सञ्चार र इमानदारी महत्त्वपूर्ण हुन्छ । सम्बन्धमा कुनै एक पार्टनरले पासवर्ड राखेर आफूले अरूसँग गरेको कुराकानी लुकाउन थाल्छ भने अर्को पार्टनरलाई केही गलत गरिरहेको छ र आफूबाट सो कुरा लुकाइरहेको छ भन्ने भान पर्न जान्छ ।

    यो अविश्वासले बिस्तारै मानसिक तनाव गराउँछ भने सञ्चारको पनि अभाव निम्त्याउँछ । च्याट लक आफ्नो डिजिटल गोपनीयता हो कि वा धोखा दिने तरिका हो भन्नेबारे मानिसहरू प्रायः दोधारमा हुन्छन् । कोहीले यसलाई सकारात्मक टुलका रूपमा हेर्छन् भने केहीले यसलाई सम्बन्धमा पारदर्शितालाई नष्ट गर्ने कदम पनि भन्छन् ।

     

    जरुरी छ सन्तुलन
    आजको समयमा सबैले आफ्नो जीवनको ठुलो हिस्सा सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् । यस्तोमा गोपनीयताको महत्त्वलाई अस्वीकार गर्न सकिँदैन । यद्यपि यो सम्झनु जरुरी छ– प्रविधि केवल एक माध्यम हो ।

    यसलाई कसरी प्रयोग गरिन्छ भन्ने कुरा प्रयोगकर्तामा निर्भर गर्दछ । विश्वास कायम राख्दै प्रयोग गर्दा लक गरिएको च्याट सुविधा वरदान हो । तर यो पार्टनरबाट कुराहरू लुकाउने माध्यम बन्छ भने यसले जस्तोसुकै बलियो सम्बन्धलाई कमजोर बनाउन सक्छ ।


    अर्थ चाैतारी
  • सोमबार, १९ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट