logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो

    आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो

    1.1K
    SHARES
    आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो

    काठमाण्डौ । सोमबार पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ३ लाख कायम भएको छापावाल सुनको मूल्य सोमबार घटेर २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको हो ।



    बिहीबार सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँसम्म पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च भएकामा फेरि घटिरहेको हो।

    यसैगरी चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ५ हजार ५०० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ५ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १९ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट