logo

२०८३ बैशाख १९, शनिबार

logo
  • २०८३ बैशाख १९, शनिबार
  • रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिट अग्राधिकारमा राखेर सुनुवाइ गरिने

    रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिट अग्राधिकारमा राखेर सुनुवाइ गरिने

    1.2K
    SHARES
    रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिट अग्राधिकारमा राखेर सुनुवाइ गरिने

    काठमाण्डौ । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिटलाई अग्राधिकार दिएर माघ २१ गते सुनुवाइको लागि पेशी तोक्न आदेश दिएको छ ।



    साेमबार चौधरीको रिट न्यायाधीशद्वय मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त मुद्दालाई अग्राधिकार राखेर आउँदो माघ २१ गते सुनुवाइका लागि पेसी तोक्न आदेश भएको छ ।

    यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको थियो । साथै अन्तरिम आदेशका विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित बोलाएको थियो ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन पत्र दर्ता गरेका उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो ।


    अर्थ चाैतारी
  • सोमबार, १९ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट