काठमाण्डौ । जोर्डनका विदेशमन्त्री अयमान सफादीले इरानका विदेशमन्त्री अब्बास अराघ्चीसँग फोनमा कुरा गरेका छन्।
सफादीले सामाजिक सञ्जालमार्फत बताएअनुसार इरानका विदेशमन्त्री अराघ्चीसँग उनले फोनमा क्षेत्रको अवस्था र तनाव कम गर्न भइरहेका प्रयासबारे छलफल गरेका हुन्।
‘हामीले आणविक मुद्दाको शान्तिपूर्ण समाधान खोज्न र तनाव कम गर्न वार्ता र कूटनीतिको आवश्यकतामा जोड दियौँ। मैले यो पनि दोहोर्याएँ-जोर्डन देशहरूको सार्वभौमिकताको सम्मान गर्ने आफ्नो अडानमा दृढ छ’, उनले लेखेका छन्।
उनले अगाडि लेखेका छन्, ‘जोर्डन क्षेत्रीय द्वन्द्वमा कुनै पक्षका लागि युद्धभूमि बन्नेछैन, न त इरानविरुद्ध हुने सैन्य कारबाहीका लागि प्रक्षेपण प्याड नै बन्नेछ। यसले आफ्नो हवाई क्षेत्र उल्लंघन गर्ने र हाम्रा नागरिकहरूको सुरक्षालाई खतरामा पार्ने कुनै पनि प्रयासको पूर्ण शक्तिका साथ प्रतिरोध गर्नेछ।’
अर्थ चाैतारी ।