logo

२०८३ बैशाख १७, विहिबार

logo
  • २०८३ बैशाख १७, विहिबार
  • इरानविरुद्ध आक्रमणका लागि हाम्रो भूमि प्रयोग गर्न दिँदैनौँ : जोर्डन

    इरानविरुद्ध आक्रमणका लागि हाम्रो भूमि प्रयोग गर्न दिँदैनौँ : जोर्डन

    1K
    SHARES
    इरानविरुद्ध आक्रमणका लागि हाम्रो भूमि प्रयोग गर्न दिँदैनौँ : जोर्डन

    काठमाण्डौ । जोर्डनका विदेशमन्त्री अयमान सफादीले इरानका विदेशमन्त्री अब्बास अराघ्चीसँग फोनमा कुरा गरेका छन्।



    सफादीले सामाजिक सञ्जालमार्फत बताएअनुसार इरानका विदेशमन्त्री अराघ्चीसँग उनले फोनमा क्षेत्रको अवस्था र तनाव कम गर्न भइरहेका प्रयासबारे छलफल गरेका हुन्।

    ‘हामीले आणविक मुद्दाको शान्तिपूर्ण समाधान खोज्न र तनाव कम गर्न वार्ता र कूटनीतिको आवश्यकतामा जोड दियौँ। मैले यो पनि दोहोर्‍याएँ-जोर्डन देशहरूको सार्वभौमिकताको सम्मान गर्ने आफ्नो अडानमा दृढ छ’, उनले लेखेका छन्।

    उनले अगाडि लेखेका छन्, ‘जोर्डन क्षेत्रीय द्वन्द्वमा कुनै पक्षका लागि युद्धभूमि बन्नेछैन, न त इरानविरुद्ध हुने सैन्य कारबाहीका लागि प्रक्षेपण प्याड नै बन्नेछ। यसले आफ्नो हवाई क्षेत्र उल्लंघन गर्ने र हाम्रा नागरिकहरूको सुरक्षालाई खतरामा पार्ने कुनै पनि प्रयासको पूर्ण शक्तिका साथ प्रतिरोध गर्नेछ।’


    अर्थ चाैतारी
  • मंगलबार, २० माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट