logo

२०८२ चैत्र २८, शनिबार

logo
  • २०८२ चैत्र २८, शनिबार
  • फागुनको पहिलो साता पार्टीको र झापा–५ को छुट्टाछुट्टै घोषणापत्र आउँछ : बालेन शाह

    फागुनको पहिलो साता पार्टीको र झापा–५ को छुट्टाछुट्टै घोषणापत्र आउँछ : बालेन शाह

    1.4K
    SHARES
    फागुनको पहिलो साता पार्टीको र झापा–५ को छुट्टाछुट्टै घोषणापत्र आउँछ : बालेन शाह

    काठमाण्डौ । आगामी निर्वाचनमा रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन) ले झापा–५ का सुकुम्बासी बस्तीका स्थानीयहरूसँग छलफल गरेका छन् ।



    मंगलबार भएको छलफलका क्रममा स्थानीयले एजेन्डाबारे प्रश्न गरेपछि बालेनले सबै एजेन्डा समेटेर घोषणापत्र ल्याउने बताएका छन् ।

    उनले फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिए । बालेनले आफू र आफ्नो पार्टीले देशका हरेक क्षेत्रलाई समेट्ने गरी विस्तृत घोषणापत्र तयार गरिरहेको जानकारी दिएका हुन् । फागुनको पहिलो साता पार्टीको, प्रधानमन्त्री उम्मेदवारको र झापा–५ को छुट्टाछुट्टै घोषणापत्र आउने उनको भनाइ थियो ।

    उनले स्वास्थ्य, शिक्षा, पूर्वाधार र व्यापारका लागि छुट्टाछुट्टै तथा स्पष्ट नीतिहरू ल्याउन लागेको बताए । स्थानीयले युवा नेतृत्वप्रति ठूलो आशा रहेको बताउँदै देश परिवर्तनका लागि बालेनको योजना सुन्न आतुर रहेको प्रतिक्रिया दिए ।


    अर्थ चाैतारी
  • मंगलबार, २० माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट