काठमाण्डौ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अशोक शेरचनले राजीनामा दिएका छन् । बैंक सञ्चालक समिति समक्ष उनले आइतबार राजीनामा दिएका हुन् ।
सोमबार बसेको सञ्चालक समितिको बैठकले शेरचनको राजीनामा स्वीकृत समेत गरिसकेको छ । २८ वर्ष लामो बैंकिङ करियरमा उनले एनसीसी बैंक, एनबी बैंक, प्रभु फाइनान्स हुँदै प्रभु बैंक सम्मको अनुभव बटुलेका छन् ।
बैंकले यस अघि नै निरज लम्साललाई कामु सीईओको जिम्मेवारी दिएको थियो। लम्साल बैंकमा सहायक महाप्रबन्धक थिए ।
शेरचन बाहिरिएसँगै रिक्त रहेको सीईओ पदमा सुमन शर्मालाई नियुक्त गर्ने तयारीमा सञ्चालक समिति रहेको बताईएको छ । शर्मा तत्कालिन सनराइज बैंकका सीईओ हुन् ।
अर्थ चाैतारी ।