काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा देशभर एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम गरिएका छन्।
निर्वाचन आयोगले मंगलबार सूचना जारी गरी मतदाताबारे जानकारी दिएको छ। आयोगले फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकलाई मतदातामा समावेश गरेको हो।
यससँगै आयोगले सार्वजनिक गरेको मतदाता सूची अनुसार, सबैभन्दा बढी रामेछापमा एक लाख ८७ हजार ९५२ मतदाता रहेका छन्। सबैभन्दा कम मनाङमा सात हजार मतदाता रहेका छन्।
सबैभन्दा धेरै मतदाता रहेको रामेछाप र सबैभन्दा कम मतदाता रहेको मनाङमा एउटै निर्वाचन क्षेत्र रहेको छ।
Skip to PDF content
अर्थ चाैतारी ।