काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चुनावी महिनाभरिका लागि ‘होल्ड’ गर्ने गरी बैंक तथा वित्तीय संस्थाबाट २० अर्ब रकम प्रशोचन गर्ने भएको छ।
राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुबाट २० अर्ब रकम खिच्न लागेको हो।
बैंकले यसअघि २.६९ प्रतिशत ब्याजमा ३० अर्ब रकम बैंक तथा वित्तीय संस्थाहरुबाट निक्षेप संकलन गरेको थियो। बैंकले बोलकबोलमार्फत सबैभन्दा थोरै ब्याजमा निक्षेप संकलन गर्छ।
बुधबार पनि बैंकले बोलकबोलमार्फत नै २.६९ प्रतिशतकै हाराहारीमा निक्षेप संकलन गर्ने भएको हो।
अर्थ चाैतारी ।