logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • मूल्य आकाशिएपछि सुन धितो राखेर बैंकबाट ऋण लिनेहरू बढे

    मूल्य आकाशिएपछि सुन धितो राखेर बैंकबाट ऋण लिनेहरू बढे

    1.9K
    SHARES
    मूल्य आकाशिएपछि सुन धितो राखेर बैंकबाट ऋण लिनेहरू बढे

    काठमाण्डौ । सुनको मुल्यले दैनिक नयाँ रेकर्ड राख्न थालेपछि बैंकहरुमा धितोराख्नेहरु बढेका छन्।



    नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ महिनामा सुन र चाँदी धितो राखेर ऋण लिनेहरु १८.८ प्रतिशतले बढेका हुन्।

    सुन प्रतितोला अधिकतम ३ लाख ३९ हजारसम्म पुगेको थियो। पुस महिनाभर भने अधिकतम प्रतितोला २ लाख ८८ हजारसम्म मूल्य पुगेको थियो।

    सुनचाँदीको मूल्य बढ्दा बैंक तथा वित्तीय संस्थाहरुमा धितो बढेको हो।

    पुस मसान्तसम्म सुनचाँदीको धितोमा कुल ९८ अर्ब ९३ करोड बराबरको ऋण प्रवाह भएको हो । ६ महिनामा मात्रै कुल १५ अर्ब ६४ करोड बराबरको कर्जा गएको हो।

    गत वर्षको ६ महिना अर्थात् पुस मसान्तभित्र सुनचाँदी धितोमा बैंक तथा वित्तीय संस्थाहरुले १० अर्ब २० करोड बराबरको ऋण प्रवाह गरेका थिए । यो वर्ष भने करिब साढे ५ अर्बले बढि कर्जा प्रवाह भएको हो।


    अर्थ चाैतारी
  • बुधबार, २१ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट