logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • शिखर पावरको स्थानीयको आईपीओ बाँडफाँड, लगानीकर्ताले ५७० कित्तासम्म शेयर पाए

    शिखर पावरको स्थानीयको आईपीओ बाँडफाँड, लगानीकर्ताले ५७० कित्तासम्म शेयर पाए

    1.1K
    SHARES
    शिखर पावरको स्थानीयको आईपीओ बाँडफाँड, लगानीकर्ताले ५७० कित्तासम्म शेयर पाए

    काठमाण्डौ । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो ।



    कम्पनीले स्थानीयलाई कुल ९ लाख ८० हजार कित्ता शेयर निष्काशन गरेको थियो। यस निष्काशनमा कुल २ हजार ४ सय ८९ जनाले आवेदन दिएका थिए, जस मध्ये २ हजार ४ स७ ६७ जनाको आवेदन मात्र योग्य भएको छ।

    आईपीओमा १० कित्ता देखि ५५० कित्तासम्मको लागि आवेदन दिनेले माग गरे अनुसार नै शेयर पाएका छन् । ६०० कित्ता देखि १० हजार कित्तासम्मको लागि आवेदन दिनेले समान ५६० कित्ता शेयर पाएका छन् । ६०० कित्ता देखि १० हजार कित्ताको लागि आवेदन दिनेहरु मध्येबाट गोलाप्रथा मार्फत ७२ जनाले थप १० कित्ता शेयर पाएका छन् । यस अनुसार लगानीकर्ताले अधिकतम ५७० कित्तासम्म शेयर पाएका छन् ।

    अब कम्पनीले आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने छ । नेपाल धितोपत्र बोर्डले पुस १६ गते गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

    यस कम्पनीले बाग्लुंगमा ४.९६ मेगावाट क्षमताको भिम खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ फागुन २५ देखि विद्युत उत्पादन गरिरहेको छ। साथै सोहि खोलामा ६.०५ मेगावाट क्षमताको तल्लो भिम खोला आयोजना निर्माण गरिरहेको छ।

    यस कम्पनी अध्यक्ष नारायण प्रसाद उपाध्याय हुन् भने अन्य संचालकमा हेमराज आचार्य, सरोज दाहाल, नम्रता केसी र अभय पाण्डे रहेका छन् ।


    अर्थ चाैतारी
  • विहिबार, २९ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट