logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • अवतरण हुन नसकेपछि मध्यरातमा काठमाण्डौ फिर्ता भयाे श्री एयरलाइन्सको जहाज

    अवतरण हुन नसकेपछि मध्यरातमा काठमाण्डौ फिर्ता भयाे श्री एयरलाइन्सको जहाज

    1.1K
    SHARES
    अवतरण हुन नसकेपछि मध्यरातमा काठमाण्डौ फिर्ता भयाे श्री एयरलाइन्सको जहाज

    काठमाण्डौ । काठमाण्डौबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौं फिर्ता भएको छ ।



    गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाण्डौ फर्कँदा यात्रु अलपत्र परेका छन् । सो जहाजमा रहेका यात्रुसमेत रहेका सञ्चारकर्मी रोयल आचार्यले जहाज अवतरण हुन नसकी काठमाण्डौ फर्कँदा विमानस्थलमा केहीबेर यात्रुले असन्तुष्टि जनाएको बताए ।

    एयरलाइन्सका कर्मचारी सागर पौडेलले टिकट फिर्ता गर्न चाहने यात्रुको पैसा फिर्ता गर्ने र जान चाहने यात्रुलाई मङ्गलबार बिहानको उडानमा धनगढी पठाइने जानकारी दिए ।

    उक्त जहाज धनगढीका लागि काठमाण्डौबाट ९:४५ बजे उडेको थियो । धनगढी विमानस्थल अवतरणका लागि पटकपटक प्रयास गर्दा समेत सम्भव नभएपछि राति १२ बजे जहाज काठमाण्डौ फिर्ता भएको थियो । उडानमा चालक दलका सदस्यसहित ८० यात्रु थिए ।


    अर्थ चाैतारी
  • मंगलबार, ५ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट