logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • माछापुच्छ्रे बैंकको सञ्चालक समितिमा गौतम नियुक्त

    माछापुच्छ्रे बैंकको सञ्चालक समितिमा गौतम नियुक्त

    1.4K
    SHARES
    माछापुच्छ्रे बैंकको सञ्चालक समितिमा गौतम नियुक्त

    काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा अर्जुन कुमार गौतम नियुक्त भएका छन् । बैंकको २०८२ फागुन ८ गते बसेको ५४८ औं सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो ।



    नवनियुक्त सञ्चालक गौतम पेसाले लेखा व्यवसायी हुन् । उनीसँग वित्तीय क्षेत्रमा काम गरेको लामो अनुभव छ । कर्मचारी सञ्चय कोषबाट अवकाश पाएपछि उनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका थिए ।

    उक्त कम्पनीमा उनको चार वर्षे कार्यकाल गत वैशाखमा समाप्त भएको थियो । संखुवासभाको चैनपुर–६ स्थायी ठेगाना भएका गौतम हाल भक्तपुरको मध्यपुर थिमी–१ मा बसोबास गर्छन् ।

    यसैबीच, बैंकको सञ्चालक समितिबाट संस्थापक सेयरधनी समूहको प्रतिनिधित्व गर्ने अनिष साह बाहिरिएका छन् । साहले सञ्चालक पदबाट दिएको राजीनामालाई बैंकको फागुन ८ गतेकै बैठकले स्वीकृत गरेको हो ।


    अर्थ चाैतारी
  • आइतबार, १० फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट