logo

२०८२ चैत्र २७, शुक्रबार

logo
  • २०८२ चैत्र २७, शुक्रबार
  • शेयर बजारमा ४६ अंकको गिरावट, कारोबार रकम १३ अर्ब १८ करोड

    शेयर बजारमा ४६ अंकको गिरावट, कारोबार रकम १३ अर्ब १८ करोड

    962
    SHARES
    शेयर बजारमा ४६ अंकको गिरावट, कारोबार रकम १३ अर्ब १८ करोड

    काठमाण्डौ । आज पनि शेयर बजार भारी अंकले घटेको छ । आज नेप्से परिसूचक ४६ दशमलव ७८ अंकले घटेर २,७९६ को विन्दुमा कायम भएको छ । आज ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको शेयर मूल्य घटेको छ ।



    आज दिनभरिमा ३२९ कम्पनीको ३ करोड ६० लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज यस कम्पनीको शेयर मूल्य ३५१ रुपैयाँ कायम भएको छ । आँखुखोला जलविद्युतको ५१ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ४९ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेशनल हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले ९ दशलमव ३३ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै कालिका पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।


    अर्थ चाैतारी
  • बुधबार, २७ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट