logo

२०८३ बैशाख १७, विहिबार

logo
  • २०८३ बैशाख १७, विहिबार
  • पाल्पा सिमेन्टको आईपीओ बाँडफाँड मिति तय

    पाल्पा सिमेन्टको आईपीओ बाँडफाँड मिति तय

    728
    SHARES
    पाल्पा सिमेन्टको आईपीओ बाँडफाँड मिति तय

    पाल्पा । पाल्पा सिमेन्ट इण्डष्ट्रीजले निष्काशन गरेको आईपीओमा फागुन २९ गते शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले शुक्रबार बिहान शेयर बाँडफाँडको तयारी गरेको हो ।



    कम्पनीले फागुन १२ गतेदेखि फागुन १५ गतेसम्म आम सर्वसाधारणलाई ४५ लाख कित्ता शेयर निष्काशन गरेको थियो।कम्पनीले यस अघि नै उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

    नेपाल धितोपत्र बोर्डले पुस ९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले कुल ७५ करोड रुपैयाँको ७५ लाख कित्ता शेयर निष्काशन गरेको हो।

    यो कम्पनी सन् २००९ मा स्थापना भएको हो। कम्पनीको फ्याक्ट्री नवलपरासीमा रहेको छ। कम्पनीले तानसेन ब्राण्डमा पीपीसी, ओपीसी र पीएससी सिमेन्टको उत्पादन तथा बिक्री गरिरहेको छ। कम्पनीमा आरएमसी ग्रुपको लगानी छ।


    अर्थ चाैतारी
  • बुधबार, २७ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट