logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • सुपर खुदी हाइड्रोपावरको शेयर डिम्याट गराउन सम्झौता

    सुपर खुदी हाइड्रोपावरको शेयर डिम्याट गराउन सम्झौता

    910
    SHARES
    सुपर खुदी हाइड्रोपावरको शेयर डिम्याट गराउन सम्झौता

    काठमाण्डौ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता भएको छ। फागुन २७ गते सिडिएससी, निष्काशनकर्ता कम्पनी तथा शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटलबीच धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौता भएको हो।



    अब यी शेयर डिम्याट भए पछि सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा आउने छ । त्यसपछि यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुने छ। नेप्सेमा शेयर सूचीकृत भएको भोलिपल्टबाट शेयर कारोबार गर्न सकिने छ।

    कम्पनीले फागुन ५ गतेदेखि फागुन ११ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १२ लाख ८६ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो । नेपाल धितोपत्र बोर्डले पुस ६ गते गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो ।

    यस कम्पनीले लमजुङमा २६ मेगावाट क्षमताको अपर खुदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको भौतिक प्रगति ८३.३० प्रतिशत रहेको छ । यस कम्पनीका अध्यक्ष चेतन प्रधान हुन् भने अन्य सञ्चालकहरुमा गणेश कार्की, बटु लामिछाने, निभिता प्रधान र स्वतन्त्र सञ्चालकमा दल बहादुर विष्ट रहेका छन् ।


    अर्थ चाैतारी
  • विहिबार, २८ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट