logo

२०८२ चैत्र २८, शनिबार

logo
  • २०८२ चैत्र २८, शनिबार
  • स्नो रिभर्स लिमिटेडले चैत्र ९ गतेदेखि आईपीओ निष्काशन गर्ने

    स्नो रिभर्स लिमिटेडले चैत्र ९ गतेदेखि आईपीओ निष्काशन गर्ने

    832
    SHARES
    स्नो रिभर्स लिमिटेडले चैत्र ९ गतेदेखि आईपीओ निष्काशन गर्ने

    काठमाण्डौ । स्नो रिभर्स लिमिटेडले चैत्र ९ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्न लागेको हो ।



    कम्पनीले आयोजना प्रभावित ताप्लेजुङ र पाँचथर जिल्लाका स्थानीय (आयोजना प्रभावित मात्र) तथा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो चरणमा आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले स्थानीयलाई ९ लाख ३७ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। स्थानीयले छिटोमा चैत्र २३ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा वैशाख ८ गतेसम्म आवेदन दिन सक्ने छन्।

    त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्ने छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा चैत्र १२ गतेसम्म आवेदन दिन सकिने छ । त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

    नेपाल धितोपत्र बोर्डले माघ १८ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसंगै यस कम्पनीले कुल १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने छ।

    यस कम्पनीले ताप्लेजुङमा १३.५० मेगावाट क्षमताको सुपर काबेली खोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ पुस ५ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ।

    यस कम्पनी अध्यक्ष मोहन बिक्रम कार्की हुन् । कम्पनीका अन्य ठूला शेयरधनीमा नेशनल इक्विटी फण्ड वान, प्रताप गुरुङ, तरा बहादुर कार्की, कृष्ण प्रसाद न्यौपाने लगायत रहेका छन्।


    अर्थ चाैतारी
  • विहिबार, २८ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट