logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • युनाइटेड अजोड इन्स्योरेन्सको ४.५१ प्रतिशत लाभांश घोषणा

    युनाइटेड अजोड इन्स्योरेन्सको ४.५१ प्रतिशत लाभांश घोषणा

    169
    SHARES
    युनाइटेड अजोड इन्स्योरेन्सको ४.५१ प्रतिशत लाभांश घोषणा

    काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।



    कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ४.२८५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२२५६ प्रतिशत नगद लाभांश गरी कुल ४.५११३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    हाल कम्पनीको चुक्ता पूँजी दुई अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।

    प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ५ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट