logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • जेनजी आन्दोलनमा मन्त्री निवासमा आगजनी र लुटपाट : नयाँ मन्त्रीहरूलाई आवासको संकट

    जेनजी आन्दोलनमा मन्त्री निवासमा आगजनी र लुटपाट : नयाँ मन्त्रीहरूलाई आवासको संकट

    1.1K
    SHARES
    जेनजी आन्दोलनमा मन्त्री निवासमा आगजनी र लुटपाट : नयाँ मन्त्रीहरूलाई आवासको संकट

    काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचन सकिएसँगै नयाँ सरकार गठनको तयारी भइरहँदा नवनियुक्त हुने मन्त्रीहरूका लागि सरकारी आवासको ठूलो अभाव देखिएको छ।



    ललितपुरको भैँसेपाटीस्थित नवनिर्मित मन्त्री निवास परिसरमा गत भदौ २४ गते भएको तोडफोड, लुटपाट र आगजनीले ठूलो क्षति पुर्‍याएपछि तत्काल त्यहाँ बस्न मिल्ने अवस्था छैन। करिब एक अर्ब ३४ करोड रुपियाँको लगानीमा तयार भएको यो अत्याधुनिक आवास क्षेत्र प्रयोगमा आएको एक वर्षमै भग्नावशेषमा परिणत भएको हो।

    सिंहदरबार संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार २७ वटा भवन रहेको उक्त परिसर अहिले पूर्ण रूपमा क्षतिग्रस्त छ। आवास क्षेत्र बस्न अयोग्य भएपछि नयाँ मन्त्रीहरूका लागि वैकल्पिक व्यवस्था मिलाउने गृहकार्य सुरु गरिएको छ। काठमाडौँ उपत्यकामा आफ्नै घर भएका मन्त्रीहरूले निजी निवासमै बस्नुपर्ने र घर नहुने मन्त्रीहरूका लागि सरकारले घर भाडामा लिएर बस्ने व्यवस्था मिलाउने योजना बनाएको छ।

    क्षतिग्रस्त मन्त्री निवासको पुनर्निर्माणका लागि सरकारले प्रक्रिया अघि बढाइसकेको छ। कार्यालयले धेरै क्षति पुगेका भवनहरूको प्राविधिक अध्ययन गरी पुनर्निर्माणका लागि बोलपत्र (टेन्डर) आह्वान गरिसकेको जानकारी दिएको छ। योग्य निर्माण कम्पनी छनोट गरी सम्झौता भएपछि काम सुरु गरिने र चालु आर्थिक वर्षको असार मसान्तभित्रै पुनर्निर्माण सम्पन्न गर्ने सरकारी लक्ष्य छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २९ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट