logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • धितोपत्र बोर्डमा फेरि कर्मचारीको धर्ना र पेनडाउन

    धितोपत्र बोर्डमा फेरि कर्मचारीको धर्ना र पेनडाउन

    364
    SHARES
    धितोपत्र बोर्डमा फेरि कर्मचारीको धर्ना र पेनडाउन

    काठमाण्डौ । नेपाल धितोत्र बोर्डका कर्मचारीले फेरि धर्ना र पेनडाउनको कार्यक्रमलाई निरन्तरता दिने भएका छन्।



    अर्थ मन्त्रालयको गत असोज २ गतेको पत्रपछि धितोपत्र बोर्डका कर्मचारीहरुले आन्दोलन सुरु गरेका थिए। उक्त पत्रको खारेजी माग गर्दै दुवै कर्मचारी संगठन युनियन र संगठनको संयुक्त आयोजनामा आन्दोलन भएको थियो।

    पछिल्लो समय प्रतिनिधिसभाको चुनावका कारण आचार्यसंहिता लागू भएपछि कर्मचारीहरुले १ घन्टाको धर्ना तथा पेनडाउन कार्यक्रम स्थगित गरेका थिए।

    कर्मचारीहरुले बिहीबारदेखि पुनः १ घन्टाको धर्ना तथा पेनडाउन कार्यक्रम सुरु गरेका छन्। आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने दुवै संगठनले जनाएका छन्।


    अर्थ चाैतारी
  • शुक्रबार, २९ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट