logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • नेपालमा पश्चिमी न्यून चापीय प्रणाली प्रभाव, आज यी चार प्रदेशमा वर्षाको सम्भावना

    नेपालमा पश्चिमी न्यून चापीय प्रणाली प्रभाव, आज यी चार प्रदेशमा वर्षाको सम्भावना

    806
    SHARES
    नेपालमा पश्चिमी न्यून चापीय प्रणाली प्रभाव, आज यी चार प्रदेशमा वर्षाको सम्भावना

    काठमाण्डौ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ ।



    आज दिउँसो लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

    कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

    आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानहरूमा चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

    कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा सम्भावना रहेको छ। साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ।


    अर्थ चाैतारी
  • आइतबार, १ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट