logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    962
    SHARES
    घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाण्डौ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ। शुक्रबार भने यही सुनको मूल्य तोलामा ३ लाख १४ हजार २०० रुपैयाँ थियो।



    यस अनुसार दुई दिनमै सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेको हो। महासंघका अनुसार आइतबार सुनको मूल्य १० ग्रामको २ लाख ६५ हजार २६० रुपैयाँ रहेको छ। शुक्रबार भने १० ग्राम सुनको मूल्य २ लाख ६९ हजार ३७५ रुपैयाँ थियो।

    यसैगरी चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी तोलामा ५ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार भने चाँदीको मूल्य तोलामा ५ हजार ४९५ रुपैयाँ थियो। यो अवधिमा चाँदीको मूल्य तोलामा २२५ रुपैयाँले घटेको छ।

    महासंघका अनुसार आइतबार चाँदीको मूल्य १० ग्रामको ४ हजार ५१८ रुपैयाँ कायम भएको छ। शुक्रबार १० ग्राम चाँदीको मूल्य ४ हजार ७११ रुपैयाँ थियो।


    अर्थ चाैतारी
  • आइतबार, १ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट