काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सुविधा मनी चेन्जरको लाइसेन्स (इजाजतपत्र) रद्द गरेको छ।
झापाको मेचीनगर नगरपालिका–६ मा रहेको उक्त मनी चेन्जरको लाइसेन्स राष्ट्र बैंकको विराटनगर कार्यालयले रद्द गरेको हो।
मनी चेन्जर इजाजतपत्र तथा नियमनसम्बन्धी व्यवस्था अनुसार तोकिएको समयमा इजाजतपत्र नवीकरण नगरेकाले उक्त मनी चेन्जरको लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।
अर्थ चाैतारी ।