logo

२०८२ चैत्र २७, शुक्रबार

logo
  • २०८२ चैत्र २७, शुक्रबार
  • त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

    त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

    520
    SHARES
    त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

    काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने भएको छ ।



    त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायको विद्यापरिषदको बैठकले आगामी वर्षदेखि मानविकी सङ्काय अन्तर्गत संस्कृत विषयमा विद्यावारिधि प्रदान गर्ने निर्णय गरेको सङ्कायका सहायक डीन डा. वामदेव अधिकारीले जानकारी दिए ।

    उनका अनुसार एक सय दिनभित्रमा मानविकी सङ्कायका सबै परीक्षाका नतिजा प्रकाशित गरिने निर्णयसमेत गरिएको छ । यस्तै, त्रिविले आमसञ्चार तथा पत्रकारितामा रङ्गमञ्च कार्यक्रम सञ्चालन गर्न लागिएको सहायक डिन डा. अधिकारीले जानकारी दिए ।

    यसैगरी महोत्तरीको बर्दिवासस्थित नव क्षितिज कलेजको सम्बन्धन खारेजी, रत्न राज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गलाई आमसञ्चार तथा पत्रकारिता र सरस्वती क्याम्पस ठमेललाई राजनीति शास्त्र विषयमा स्नातकोत्तर तहको अध्यापन अनुमतिलगायत निर्णय गरेको उनले बताए ।


    अर्थ चाैतारी
  • सोमबार, २ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट