logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

    429
    SHARES
    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

    काठमाण्डौ । दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चितताका लागि सावधानी स्वरूप उडानहरू स्थगित गरिएको बताएका छन् ।



    यसअघि अधिकारीहरूले विमानस्थल नजिकै लागेको आयो नियन्त्रणका लागि प्रयास जारी रहेको बताएका थिए । दुबई मिडिया अफिसका अनुसार सोमबार भएको ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको थियो ।

    फेब्रुअरीको अन्तिमतिर अमेरिका–इजरायल र इरानबीच युद्ध सुरू भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल यात्रुका लागि विश्वकै सबैभन्दा व्यस्त हवाई अड्डा थियो । बीबीसीका अनुसार सन् २०२५ मा यहाँ झण्डै नौ करोड यात्रुले यात्रा गरेका थिए ।

    फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धपछि खाडी क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण तीव्र भएका छन् । त्यसयता खाडीका अरब मुलुकहरूले दुई हजारभन्दा बढी मिसाइल र ड्रोन आक्रमणको सामना गरिसकेका छन् ।

    यी आक्रमणका लक्ष्यहरूमा अमेरिकी कूटनीतिक नियोग र सैन्य अड्डा मात्र नभई तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय र कार्यालय भवनहरू समेत परेका छन् ।

    सन् २०२० मा इजरायलसँग कूटनीतिक सम्बन्ध सामान्यीकरण गरेको यूएईमाथि यस्ता आक्रमणको असर सबैभन्दा बढी परेको बताइएको छ ।

    यद्यपि खाडीका अन्य अरब मुलुकहरू पनि यसबाट प्रभावित भएका छन् । र, ती सबैले इरानको आलोचना गरेका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, २ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट