logo

२०८३ बैशाख १७, विहिबार

logo
  • २०८३ बैशाख १७, विहिबार
  • “ओप्पो नयाँ वर्ष, नयाँ उमङ्ग” अभियान, विजेताले स्मार्टफोन जित्ने अवसर

    “ओप्पो नयाँ वर्ष, नयाँ उमङ्ग” अभियान, विजेताले स्मार्टफोन जित्ने अवसर

    728
    SHARES
    “ओप्पो नयाँ वर्ष, नयाँ उमङ्ग” अभियान, विजेताले स्मार्टफोन जित्ने अवसर

    काठमाण्डौ । विश्वव्यापी स्मार्टफोन ब्रान्ड ओप्पोले आगामी नेपाली नयाँ वर्षलाई लक्षित गर्दै “ओप्पो नयाँ वर्ष, नयाँ उमङ्ग” अभियान सार्वजनिक गरेको छ । यस अभियानमार्फत देशभरका ग्राहकलाई साप्ताहिक रूपमा आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गरिनुका साथै बम्पर पुरस्कार पनि प्रदान गरिनेछ ।



    नेपाली नयाँ वर्षलाई स्वागत गर्दै सञ्चालन गरिएको यो अभियान चार हप्तासम्म चल्नेछ । अभियान अवधिमा ओप्पो स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले लक्की ड्रमा सहभागी भई विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्, । यस अभियानको उद्देश्य चाडपर्वको उत्साहलाई अझ बढाउनुका साथै ब्रान्डप्रति ग्राहकहरूले देखाउँदै आएको निरन्तर विश्वास र समर्थनप्रति आभार व्यक्त गर्नु रहेको कम्पनीले जनाएको छ ।

    अभियान अवधिभर प्रत्येक हप्ता एक जना भाग्यशाली ग्राहकलाई साप्ताहिक लक्की ड्र मार्फत ओप्पो ए६ स्मार्टफोन प्रदान गरिनेछ । लक्की ड्र तालिका अनुसार पहिलो हप्ता चैत्र ८ (आइतबार), दोस्रो हप्ता चैत्र १५ (आइतबार), तेस्रो हप्ता चैत्र २२ (आइतबार) र चौथो हप्ता चैत्र २९ (आइतबार) मा लक्की ड्र सञ्चालन हुनेछ, जसअन्तर्गत प्रत्येक हप्ता एक–एक वटा ओप्पो ए६ स्मार्टफोन प्रदान गरिनेछ ।

    पारदर्शिता कायम राख्न तथा जनविश्वास सुनिश्चित गर्न लक्की ड्र कम्पनीका आधिकारिक सामाजिक सञ्जाल प्लेफर्महरु मार्फत भिडियो लटरी प्रणालीद्धारा सञ्चालन गरिनेछ । विजेता छनोट प्रक्रिया सार्वजनिक रुपमा साझा गरिनेछ, जसबाट ग्राहकहरुले विजेता कसरी छनोट गरिन्छ भन्ने स्पष्ट रुपमा अवलोकन गर्न सक्नेछन् ।

    उक्त अभियानको समापन नेपाली नयाँ वर्षको अवसरमा चैत्र ३० मा आयोजना हुने बम्पर ड्रसँगै हुनेछ । यस बम्पर ड्रमार्फत एक जना भाग्यशाली विजेताले रोयल इन्फिल्ड हन्टर ३५० मोटरसाइकल प्राप्त गर्नेछन्, जसले नयाँ वर्षको उत्सवलाई अझ विशेष र स्मरणीय बनाउनेछ ।

    ओप्पो नेपालका अनुसार नेपाली नयाँ वर्ष नविनता, उत्सव र नयाँ सुरुवातको प्रतीक हो । “ओप्पो नयाँ वर्ष, नयाँ उमङ्ग” अभियानमार्फत कम्पनीले आफ्ना ग्राहकसँग उत्सवको खुशी साटासाट गर्न, अविस्मरणीय अनुभव सिर्जना गर्न तथा उनीहरूको निरन्तर समर्थनप्रति धन्यवाद व्यक्त गर्न चाहेको जनाएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट