logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • रास्वपाको कार्यक्रममा मोबाइलसँगै फोटो खिच्न पनि निषेध, परिवारका सदस्य र साथीलाई पनि भेट्न नमिल्ने

    रास्वपाको कार्यक्रममा मोबाइलसँगै फोटो खिच्न पनि निषेध, परिवारका सदस्य र साथीलाई पनि भेट्न नमिल्ने

    832
    SHARES
    रास्वपाको कार्यक्रममा मोबाइलसँगै फोटो खिच्न पनि निषेध, परिवारका सदस्य र साथीलाई पनि भेट्न नमिल्ने

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ । रास्वपाले चैत ३ र ४ गते ललितपुरको होटल रोयल टुलिपमा कार्यक्रमको आयोजना गर्ने जानकारी दिएको हो ।



    सो कार्यक्रममा पार्टीले कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध गरेको छ भने कार्यक्रम स्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेश पनि निषेध गरेको सूचनामा उल्लेख छ ।

    परिवारका सदस्य, साथी वा अन्य अतिथि होटलमा आमन्त्रण नगर्न पनि रास्वपाले निर्देशन गरेको छ ।

    सूचनमा भनिएको छ, होटलमा तपाईंलाई छोडेपछि वाहन होटल परिसरमा वा बाहिर पार्क गर्न सकिनेछ । चालक तथा अन्य व्यक्तिको भोजन र आवासको व्यवस्था तपाईंको जिम्मेवारी हुनेछ । सो व्यवस्था अन्य होटल तथा स्थानमा गर्न अनुरोध छ ।’

    सांसदहरूले कार्यक्रम स्थलमा परिवारका सदस्य, वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक नगर्न पनि निर्देशन दिएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट