logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नामावली सार्वजनिक, चैत ५ गते प्रमाणपत्र दिइने (सूचीसहित)

    समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नामावली सार्वजनिक, चैत ५ गते प्रमाणपत्र दिइने (सूचीसहित)

    832
    SHARES
    समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नामावली सार्वजनिक, चैत ५ गते प्रमाणपत्र दिइने (सूचीसहित)

    काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने ११० जना सदस्यहरूको नामावली सार्वजनिक गरेको छ । आयोगको आइतबार (चैत २ गते) बसेको बैठकको निर्णयअनुसार निर्वाचित उम्मेदवारहरूको नामावली घोषणा गरिएको हो ।



    समानुपातिक निर्वाचन अधिकृतको कार्यालयका अनुसार गत फागुन २१ गते सम्पन्न निर्वाचनमा राजनीतिक दलहरूले प्राप्त गरेको मतका आधारमा सिट निर्धारण गरिएको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०(९) र प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३८(१) बमोजिम राजनीतिक दलहरूले पेस गरेको नामावलीका आधारमा आयोगले अन्तिम नामावली प्रकाशन गरेको हो ।

    आयोगले निर्वाचित सांसदहरूलाई आगामी चैत ५ गते बिहीबार बिहान ११:३० बजे कान्तिपथस्थित निर्वाचन आयोगको परिसरबाट प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय गरेको छ ।

    त्यसअगावै, निर्वाचित भएका सबै राजनीतिक दलका सांसदहरूले चैत ३ गतेभित्र आफ्नो विवरण बुझाउनुपर्नेछ । निर्वाचित सदस्यहरूले सक्कल नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचय पत्र र २ प्रति पासपोर्ट साइजको फोटो लिएर आयोगको सचिवालयमा रहेको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुन आयोगले अनुरोध गरेको छ ।

    निर्वाचन अधिकृत कृष्ण बहादुर राउतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचित भएका उम्मेदवारहरूलाई मिति २०८२/१२/०५ को बिहान ११:३० बजे आयोग परिसरबाट प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेकाले सबै राजनीतिक दलहरूबाट निर्वाचित हुनुभएका प्रतिनिधिसभा सदस्यज्यूहरूले विवरण उपलब्ध गराइदिनुहुन अनुरोध गरिन्छ ।’

    यससँगै नयाँ प्रतिनिधि सभाले पूर्णता पाउने बाटो खुलेको छ।

    Skip to PDF content


    अर्थ चाैतारी
  • मंगलबार, ३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट