logo

२०८३ बैशाख १९, शनिबार

logo
  • २०८३ बैशाख १९, शनिबार
  • कालंगा हाइड्रोको स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुल्यो

    कालंगा हाइड्रोको स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुल्यो

    897
    SHARES
    कालंगा हाइड्रोको स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुल्यो

    काठमाण्डौ । कालंगा हाइड्रोपावरको आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुलेको छ । कम्पनीले बझाङमा १५.३३ मेगावाटको कालंगागाड आयोजना बनाएको छ । जसको कुल लागत ४ अर्ब ३३ करोड रुपैयाँ छ ।



    कम्पनीले सर्वसाधारण समूहमा जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँको ४९ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये १४ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि निष्कासन सुरु भएको हो ।

    प्रभावित क्षेत्रका रुपमा बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका वडा नम्बर ४ र ५, बित्थडचिर गाउँपालिका वडा नम्बर ६ र ८, बुंगल नगरपालिकाको वडा नम्बर ३, ४, ६, ८ र ५, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नम्बर १ र २ तथा दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ पर्दछन् ।

    बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । प्रभावितले छिटोमा चैत २४ गते र ढिलोमा वैशाख ९ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारमा रहेकालाई ३ लाख ५० हजार कित्ता सेयर निष्कासन भएको छ । वैदेशिक रोजगारमा रहेकाले चैत १५ सम्म आवेदन दिन सक्नेछन् ।

    न्यूनतम १० तथा अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । केयर रेटिङबाट कम्पनीले बीबी प्लस रेटिङ पाएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १० चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट