logo

२०८३ बैशाख १६, बुधबार

logo
  • २०८३ बैशाख १६, बुधबार
  • इरानका ऊर्जा केन्द्रहरुमा थप १० दिन आक्रमण नगर्ने अमेरिकी राष्ट्रपतिको भनाइ

    इरानका ऊर्जा केन्द्रहरुमा थप १० दिन आक्रमण नगर्ने अमेरिकी राष्ट्रपतिको भनाइ

    910
    SHARES
    इरानका ऊर्जा केन्द्रहरुमा थप १० दिन आक्रमण नगर्ने अमेरिकी राष्ट्रपतिको भनाइ

    काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा केन्द्रहरूमा थप १० दिनसम्म आक्रमण नगरिने उल्लेख गरेका छन् । यसअघि सोमबार ५ दिनको समय दिएका ट्रम्पले थप दिन इरानका ऊर्जा केन्द्रमा आक्रमण नगर्ने भन्दै समयावधि लम्ब्याएका हुन् ।



    शुक्रबार ५ दिनको समय सकिनु अगावै उनले सामाजिक सञ्जाल ट्रुथमा इरानको अनुरोधमा समयसीमा लम्ब्याएको उल्लेख गरेका छन् । ‘इरान सरकारको अनुरोधमा हामीले त्यहाँका ऊर्जा प्लान्टहरूमा केही दिनका लागि आक्रमण स्थगित गरेका छौं,’ ट्रम्पले लेखेका छन्, ‘यो सुविधा अप्रिल ११ तारिख राति १० बजेसम्म लागू रहनेछ ।’

    उनले इरानसँग निकै सकारात्मक रुपमा वार्ता जारी रहेको दाबी पनि गरेका छन् । ‘हाम्रो वार्ता निकै राम्रो भइरहेको छ’ ट्रम्पले लेखेका छन् ।

     


    अर्थ चाैतारी
  • शुक्रबार, १३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट