logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • आयोगले डामेका ओलीसहित यी अधिकारीमाथि अब अघि बढ्नेछ कारबाही

    आयोगले डामेका ओलीसहित यी अधिकारीमाथि अब अघि बढ्नेछ कारबाही

    1.1K
    SHARES
    आयोगले डामेका ओलीसहित यी अधिकारीमाथि अब अघि बढ्नेछ कारबाही

    काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने भएसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लगायत कारबाहीको दायरमा आउने भएका छन् । बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को शुक्रबार बसेको पहिलो बैठकले नै कार्की आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने गरेको हो ।



    यो निर्णयसँगै जेनजी आन्दोलनमा दोषी देखिएकामध्येका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र आईजीपी चन्द्र कुवेर खापुङ कारबाहीको दायरमा आउने भएका हुन् । उनीहरूमाथि आयोगले १० वर्षसम्म जेलसजायको सिफारिस गरेको छ ।

    मन्त्रिपरिषद्को बैठकले आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा भने अध्ययन समिति गठन गरी सो समितिले पेस गर्ने सिफारिस बमोजिम गर्ने निर्णय गरेको सरकारका नवनियुक्त प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

    ओलीलगायतको हकमा भने सो आयोगले गरेको सिफारिसलाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकाय (गृह मन्त्रालय लगायत) लाई निर्देशन दिने निर्णय भएको उनको भनाइ छ ।

     

    प्रक्रिया के हुन्छ ?

    मन्त्रिपरिषद्ले निर्णय गरेर गृहले निर्देशन दिएपछि ओलीलगायतको हकमा प्रहरीले प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाउँछ । अनुसन्धानका क्रममा प्रमाण सङ्कलन गरेर अभियोजनका लागि प्रहरीले सरकारी वकिलकहाँ पठाउँछ । सरकारी वकिलको कार्यालयले मुद्दा अदालतमा दायर गर्ने कि नगर्ने भन्ने अन्तिम निर्णय गर्छ । यस्तो अवस्थामा सरकारी वकिलको कार्यालयलाई निर्देशन दिने या नदिने भन्ने अधिकार महान्यायाधिवक्ताको कार्यालयलाई हुन्छ ।

    यी हुन् आयोगले डामेकाहरू

    तत्कालीन प्रधानमन्त्री– केपी शर्मा ओली

    तत्कालीन गृहमन्त्री– रमेश लेखक

    तत्कालीन आईजीपी–चन्द्रकुवेर खापुङ

    (उनीहरुले ‘फौजदारी लापरबाही’ र जिम्मेवारीबाट पन्छिएको कसूर गरेको आयोगको ठहर छ ।)

     

    कारबाही सिफारिस प्रशासनिक तथा सुरक्षा निकायका उच्च अधिकारीहरू

    गोकर्णमणि दुवाडी : तत्कालीन गृह सचिव।

    राजु अर्याल : तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक ।

    हुतराज थापा : तत्कालीन प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग।

    छविराज रिजाल : तत्कालीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ), काठमाण्डौ।

     

    कारबाही सिफारिस नेपाल प्रहरीका अधिकारीहरू

    सिद्धिबिक्रम शाह : प्रहरी अतिरिक्त महानिरीक्षक, कार्य विभाग प्रमुख।

    ओमबहादुर राना : प्रहरी नायव महानिरीक्षक, तत्कालीन कार्यवाहक प्रमुख, रानीपोखरी।

    विश्व अधिकारी : प्रहरी वरिष्ठ उपरीक्षक, तत्कालीन प्रमुख, काठमाण्डौ प्रहरी परिसर।

    दीप शम्शेर जबराः प्रहरी वरिष्ठ उपरीक्षक, रानीपोखरी।

    ऋषिराम कँडेल :प्रहरी उपरीक्षक, विशेष कार्यदल।

    दानबहादुर कार्की : प्रहरी अतिरिक्त महानिरीक्षक, हतियार सुरक्षामा ध्यान नपुर्‍याएको र सरुवाको विषयमा।

     

    कारबाही सिफारिस सशस्त्र प्रहरी बलका अधिकारीहरू

    नारायणदत्त पौडेल : सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, तत्कालीन अपरेशन कमाण्डर।

    सुरेश कुमार श्रेष्ठ : सशस्त्र प्रहरी नायव महानिरीक्षक, वाहिनीपति।

    जीवन केसी : सशस्त्र प्रहरी उपरीक्षक, विपद् उद्धार।

     

    कारबाही सिफारिस राष्ट्रिय अनुसन्धान विभाग

    कृष्णप्रसाद खनाल : सह–निर्देशक, उपत्यका अभियान महाशाखा।

    रिबेन कुमार गच्छदार : सह–अनुसन्धान निर्देशक, काठमाण्डौ जिल्ला प्रमुख।

     

    कारबाही सिफारिस नेपाली सेनाका अधिकारीहरू

    मनोज बैदवार : सहायक रथी, राष्ट्रपति भवन (शीतल निवास) सुरक्षा टोली प्रमुख।

    दिवाकर खड्का : प्रमुख सेनानी, प्रधानमन्त्री निवास (बालुवाटार) सुरक्षा टोली प्रमुख।

    गणेश खड्का : प्रमुख सेनानी, सिंहदरबार सचिवालय सुरक्षा टोली प्रमुख।

    सन्तोष ढुङ्गेल : सेनानी, संसद् भवन र बानेश्वर क्षेत्र सुरक्षा टोली प्रमुख।

     

    अन्य समूह कारबाही सिफारिस

    टीओबी ग्रुप : भीडलाई उक्साउने र शान्ति भङ्ग गर्ने कार्यमा संलग्न भनिएका मोटरसाइकलमा आएका व्यक्तिहरू (फौजदारी संहिताको दफा ३५ अनुसार छानबिन गर्न सिफारिस)।


    अर्थ चाैतारी
  • शुक्रबार, १३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट