logo

२०८३ बैशाख १७, विहिबार

logo
  • २०८३ बैशाख १७, विहिबार
  • सिंहदरबारको दक्षिण गेटबाट पक्राउ परे ७ प्रदर्शनकारी

    सिंहदरबारको दक्षिण गेटबाट पक्राउ परे ७ प्रदर्शनकारी

    325
    SHARES
    सिंहदरबारको दक्षिण गेटबाट पक्राउ परे ७ प्रदर्शनकारी

    काठमाण्डौ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका ७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाण्डौले सिंहदरबारको दक्षिण गेटबाट ७ जनालाई पक्राउ गरेको हो ।



    उनीहरू अहिले परिसरको हिरासतमा रहेको जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी पवन भट्टराईले जानकारी दिए ।

    ‘हामीले ७ जनालाई नियन्त्रणमा लिएर राखेका छौं, निषेधित क्षेत्रमा पुगेका उनीहरूलाई नियन्त्रणमा लिइएको हो,’ भट्टराईले भने ।

    प्रदर्शनकारीहरू माइतीघर पुगेर कोणसभा गरेका थिए । गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।

    त्यसबेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री र कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन शुरु गरेको हो ।


    अर्थ चाैतारी
  • शनिबार, १४ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट