logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • गभर्मेन्ट कुरिअर सर्भिसः लाइसेन्स र राहदानी अब घरमै डेलिभरी

    गभर्मेन्ट कुरिअर सर्भिसः लाइसेन्स र राहदानी अब घरमै डेलिभरी

    364
    SHARES
    गभर्मेन्ट कुरिअर सर्भिसः लाइसेन्स र राहदानी अब घरमै डेलिभरी

    काठमाण्डौ । सरकारले लाइसेन्स, राहदानी (पासपोर्ट) र नागरिकता जस्ता महत्त्वपूर्ण प्रमाणपत्रहरू नागरिकको घरमै डेलिभरी गर्ने व्यवस्था गर्ने भएको छ।



    मन्त्रिपरिषद्बाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’ को बुँदा नम्बर २७ मा आधारित यो योजना अघि सारिएको हो।

    योजनाअनुसार हालको हुलाक सेवालाई पूर्ण रूपमा आधुनिकीकरण गरी ‘गभर्नमेन्ट कुरियर सर्भिस’ को रूपमा विकास गरिनेछ। यो सेवामार्फत राहदानी, नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमति पत्र (लाइसेन्स) लगायतका सरकारी कागजात र सामग्रीहरू सुरक्षित रूपमा नागरिकको घरमै पुर्‍याउने सुनिश्चित गरिनेछ।

    सरकारले यो व्यवस्था आगामी १०० दिनभित्रै लागू गर्ने लक्ष्य राखेको छ। प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई चुस्त बनाउन र नागरिकलाई सास्तीमुक्त बनाउन यो कदम चालिएको सरकारले जनाएको छ ।

    हालसम्म लाइसेन्सका लागि वर्षौं र राहदानीका लागि हप्तौँ कुर्नुपर्ने र कार्यालयमा पटक(पटक धाउनुपर्ने बाध्यता छ । यो व्यवस्था लागू भएमा अनलाइनबाट आवेदन दिएपछि तयार भएका कागजात कुरियरमार्फत सिधै घरमै प्राप्त हुनेछ।

    यसले सरकारी सेवामा नागरिकको पहुँच सहज बनाउने, समयको बचत गर्ने र प्रशासनिक झन्झटलाई अन्त्य गर्ने विश्वास लिइएको छ। सरकारको यो निर्णयले विशेष गरी दुर्गम क्षेत्रका र व्यस्त नागरिकहरूलाई ठूलो राहत पुग्ने देखिन्छ।


    अर्थ चाैतारी
  • आइतबार, १५ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट