logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • १० वर्षदेखि निष्क्रिय बैंक खातामा सरकारको आँखा, ९० दिन भित्र रकम राज्य कोषमा

    १० वर्षदेखि निष्क्रिय बैंक खातामा सरकारको आँखा, ९० दिन भित्र रकम राज्य कोषमा

    910
    SHARES
    १० वर्षदेखि निष्क्रिय बैंक खातामा सरकारको आँखा, ९० दिन भित्र रकम राज्य कोषमा

    काठमाण्डौ । सरकारले राज्यका निष्क्रिय स्रोतहरूको प्रभावकारी उपयोग गर्न पहल सुरु गरेको छ । यसअन्तर्गत १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका खाताहरूको विवरण सङ्कलन गरिने भएको हो ।



    शासकीय सुधारका १०० काम सार्वजनिक गर्दै सरकारले यस्तो खातामा रहेको हकवालाले दाबी नगरेको रकमलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी राज्य कोषमा ल्याउने निर्णय गरेको हो । यस कार्यलाई ९० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    निष्क्रिय रूपमा थन्किएको पुँजीलाई परिचालन गर्दै राज्यको आम्दानी बढाउने र आर्थिक व्यवस्थापनलाई सुदृढ बनाउने उद्देश्यले यो कदम चालिएको देखिन्छ । यससँगै अन्य निष्क्रिय स्रोतहरूको पनि पहिचान गरी व्यवस्थित गर्ने योजना सरकारले अघि सारेको छ । यसले स्रोतहरूको सदुपयोग गर्न सहयोग पुग्ने देखिन्छ ।


    अर्थ चाैतारी
  • आइतबार, १५ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट