काठमाण्डौ । पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो।
कांग्रेस नेतासमेत रहेका खड्कालाई आइतबार बिहान बुढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेको हो। स्काउटकाे जग्गाबारे अनुसन्धानका लागि खड्कालाई पक्राउ गरिएकाे सीआईबीका एक प्रहरी अधिकारीले बताए।
लैनचौरस्थित कित्ता नम्बर १० को खानी विभागसँग जोडिएको ३ रोपनी रैकर जग्गा भोग चलन गर्न नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबिच २०६५ मा सम्झौता भएको थियो। १० वर्षे करार सम्झौता २०७५ सालमै सकिए पनि कम्पनीले जग्गा छाडेको थिएन।
शनिबार मात्र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको छ।
उनीहरूलाई चाहिँ गत भदौमा भएको जेनजी आन्दोलनमा युवाहरूको ज्यान जाने गरी दमन गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।
अर्थ चाैतारी ।