logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • वैदेशिक रोजगारीमा रहेकाले कालंगा हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

    वैदेशिक रोजगारीमा रहेकाले कालंगा हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

    468
    SHARES
    वैदेशिक रोजगारीमा रहेकाले कालंगा हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

    काठमाण्डौ । कालंगा हाइड्रो लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज चैत्र १५ गते अन्तिम दिन रहेको छ । कम्पनीले चैत्र १० गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो ।



    कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ।

    नेपाल धितोपत्र बोर्डले फागुन २५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। यस कम्पनीले बझांगमा १५.३३ मेगावाटको कालंगा जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ माघ देखि व्यापारिक उत्पादन गरिरहेको छ। कम्पनीका अध्यक्ष खगेश्वर बोहोरा हुन् भने अन्य संचालकमा उमेश श्रेष्ठ, राजेश कुमार श्रेष्ठ, शिव प्रसाद घिमिरे, र तिर्थ राज चटौत रहेका छन् ।


    अर्थ चाैतारी
  • आइतबार, १५ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट